Elige una pista para reproducir
तिमीलाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो
हो, तिमीलाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुसी हेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुसी हेर्न पाए हुन्थ्यो
तिमीलाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो
मीठा मीठा सपना बोकी तिम्रो साथ रोजेको थिएँ
तिमीसँगै सुख, दुःख भाग लगाउन खोजेको थिएँ
हो, मीठा मीठा सपना बोकी तिम्रो साथ रोजेको थिएँ
तिमीसँगै सुख, दुःख भाग लगाउन खोजेको थिएँ
सपना मात्रै देख्ने आँखा फेर्न पाए हुन्थ्यो
हो, सपना मात्रै देख्ने आँखा फेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुसी हेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुसी हेर्न पाए हुन्थ्यो
एकान्तमा सधैँभरी तड्पी तड्पी रुनुभन्दा
तिम्रो संसारबाट सधैँ टाढा टाढा हुनुभन्दा
हो, एकान्तमा सधैँभरी तड्पी तड्पी रुनुभन्दा
तिम्रो संसारबाट सधैँ टाढा टाढा हुनुभन्दा
तिम्रै हातले आफैलाई सेर्न पाए हुन्थ्यो
हो, तिम्रै हातले आफैलाई सेर्न पाए हुन्थ्यो