Elige una pista para reproducir
ए, सुन न (भन न), तिमी मेरी बन न
ए, सुन न (भन न), तिमी मेरो बन न
आँखामा तिम्रै चित्र, हेर न
तिमी छौ मुटुभित्र, हेर न
ए, सुन न (भन न)
कागती अमिलो, मयाबिना बनो मनै धमिलो
गुलियो चिया, मयालु, भयो नि मन छियाछिया
ए, सुन न (भन न)
हामी पनि जोडी बनी restaurant जाम्ला
अँगालोमा बाँधिएर TikTok बनाम्ला
कहिले बजाऊँ 'काले केटो', कहिले 'ए झुमा'
TikTok मै गरिदिउँला तिम्लाई एक चुम्मा
हातै थाली, के गर्नु, मयालु, कर्मै छ जाली
हातैमा टालो, मयाको विरोधी यो संसार कालो
ए, सुन न (भन न)
भात मीठो, सिलौटोमा पिसेको चटनी
तिम्रो हातले खुवाइदिए जति नि अट्नी
मचिराले गरे जस्तै आस गरिराख
सपना मै तिम्ले अब पेट भरिराख
बोतलको पानी मयाको हातैले कहिले हो खानी?
खुर्सानी पिरो, म तिम्रो हिरोनी, तिमी त हिरो
ए, सुन न (भन न), देऊ न एक चुम्बन
ए, सुन न (भन न), दिउँला नि चड्कन
ए, सुन न (भन न), मया भो झन् झन्
ए, सुन न (भन न), नगर गनगन
ए, सुन न (भन न), तिम्रै भो धड्कन
ए, सुन न (भन न), लौ तिम्रै भो यो मन
ए, सुन न (भन न), तिमी मेरै बन न
ए, सुन न (भन न), तिमी मेरो बन न
आँखामा तिम्रै चित्र हेर न
तिमी छौ मुटुभित्र, हेर न
ए, सुन न (भन न)