Elige una pista para reproducir
तोरी फुल्यो, लेक नै झुल्यो सुनौला पातमा माहुरी अल्झेर हो, आ•••
मायामा पल्की, लौ, पछ्याई आएँ घुम्तीदेखि फेदीमा झरेर, हो, आ•••
पलाइआयो कलिला मुना हरियो रुखको हाँगोमा
पलाइआयो कलिला मुना हरियो रुखको हाँगोमा
टपक्क टिपी फूलको थुँगा सिउरिदिन्छु चुल्ठीमा, चुल्ठीमा
तोरी फुल्यो, लेक नै झुल्यो सुनौला पातमा माहुरी अल्झेर हो, आ•••
लहरै मिल्यो कोपिला झरी फुलेको बनै ढाकेर
लहरै मिल्यो कोपिला झरी फुलेको बनै ढाकेर
समाई औँली तानेर ल्यायो पारि गाउँको यानीमायाले
तोरी फुल्यो, लेक नै झुल्यो सुनौला पातमा माहुरी अल्झेर हो, आ•••
मायामा पल्की, लौ, पछ्याई आएँ घुम्तीदेखि फेदीमा झरेर
हो, आ••• आ•••