मन्दिरमा छ कि मूर्तिमा माया?
मन्दिरमा छ कि मूर्तिमा माया?
पत्थरमा छ कि धुलोमा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
एक अँजुली मायाको लागि पल-पल हृदय चर्कन्छ
एक अँजुली मायाको लागि पल-पल हृदय चर्कन्छ
सावन र भदौ बनेर आँखा, सावन र भदौ बनेर आँखा
वर्षौँवर्ष बर्सन्छ, वर्षौँवर्ष बर्सन्छ
हाँसोमा छ कि आँसुमा माया?
फूलमा छ कि काँडामा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
एउटी आमा जिउँदै जल्छे छोराको मायाममतामा
एउटी आमा जिउँदै जल्छे छोराको मायाममतामा
एउटा छोरो मरेर बाँच्छ, एउटा छोरो मरेर बाँच्छ
आमाको सपना-बिपनामा, आमाको सपना-बिपनामा
रगतमा छ कि नातामा माया?
विश्वासमा छ कि वाचामा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
अब गायक, कलाकार Dhruba KC
Music Nepal को cassette मा
ताराभरि मेरो कथा, जूनभरि तिम्रो कथा
रातजति बैगुनी हो
मानिसहरू कोही गोरा हुन्छन् त कोही काला
कोही यसकारणले काला हुन्छन् त कोही त्यसकारणले
तर Dhruba KC चाहिँ सायद छाता नओढ्नाले
अरू कालो रेलको धुँवाले, अरू कालो रेलको धुँवाले
हामी कालो छाता, हजुर, ओढ्दै नओढ्नाले
मायालु थुप्रै-थुप्रै हुन सक्छन्, तर माया चाहिँ पक्कै पनि एक हुन्छ
त्यसैले गायक, कलाकार Dhruba KC पनि माया एकैजनालाई
र त्यो पनि बुझेरै दिनुपर्ने कुरामा विश्वास राख्दछन्
मायालु हजार हुन्छन्, तर माया एक हुन्छ
बुझेर माया देऊ, दिनपर्ने एउटै हुन्छ
दिनपर्ने एउटै हुन्छ
गायक, कलाकार Dhruba KC का केही दशकभित्रका
यी यस्तै कर्णप्रिय गीतहरूको सँगालो उपलब्ध छ
Music Nepal को cassette मा
प्रेम के जानोस्, प्रेम के जानोस् प्रेमको बोली
रूप के जानोस्, के जानोस्, भलो या जाली