
तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर,
महिमाको बादल यसै ठाउँ बसेको देखेर,
झिसमिसे बिहान नभए सम्म,
छायाँ हराउदै नगए सम्म, (२)
आराधना चढ़ाउछौ तपाईलाई,
मनमा सजाउछौ तपाईलाई ।
राष्ट्रहरूले खोजेको,
येशू तपाई चाहना हो ।
हाम्रो जातिले रोजेको,
राजा केवल तपाई नै हो।
मान्छेको बलमा होइन,
घोड़ा अनि रथमा होइन, (२)
हाम्रो धरहरा तपाई नै,
अग्लो चट्टान पनि तपाई । (२)
जय ध्वनिले स्वर्गै ढाकोस्,
मृत्युले अब जीवन साटोस्,
रूदै रुदै बीउ छर्नेले,
कटनीको आनन्द चाखोस्,
फसल बोकी रमाउदै,
हजुरको हात समाउदै (२)
दाई गर्दै नाच्ने आगंनीमा,
थुमालाई हेरेर सिंहासनमा । (२)