पैसा फल्लाझैँ लाछ रूखमा
दशैँ पनि आइपुग्यो मुखमा
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति ससुराली जाम्
ओए, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
ओए, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
दशैँ आउँदा मन खुशी निकै
हाम्लाई झनै फाइदा छ, साँच्चिकै
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति माइतीघरमा जाम्
ओइ, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
ओइ, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
ए, ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
ए, मामाघर-माइतीघर जानीको
आहोइ, वर्षै र दिनको (देउसिरे)
आहोइ, तिहारैमा (देउसिरे)
आहोइ, देउसिरे खेलम् (देउसिरे)
आहोइ, नाचम्, ओए साथी (देउसिरे)
आहोइ, गीत गाम्, ओए साथी (देउसिरे)
आहोइ, रमाइलो गरम् (देउसिरे)
आहोइ, अर्को साल फेरि (देउसिरे)
आहोइ, कता हो कता (देउसिरे)
आहोइ, यसरी भेट (देउसिरे)
आहोइ, भइँदैन होला (देउसिरे)
आहोइ, भेट भाको बेला (देउसिरे)
आहोइ, देउसिरे खेल (देउसिरे)
आहोइ, देउसिरे खेल (देउसिरे)
हुँदैन चमेलीबेली तिहारमा देउसिरे नखेली
हुँदैन चमेलीबेली तिहारमा देउसिरे नखेली
हे, तिहारमा देउसिरे नखेली
ससुराले अप्ठ्यारो पार्नी
लिन्न भन्दा दक्षिणा टकार्नी
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति ससुराली जाम्
ओए, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
ओए, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
कति दिए, छैन, बाइ, गनेको
कोठाभाडा तिरम्ला भनेको
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति माइतीघरमा जाम्
ओइ, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
ओइ, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
ए, ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
ए, मामाघर-माइतीघर जानीको
आहोइ, नाचौँ है, सँगी (देउसिरे)
आहोइ, तिहारको बेला (देउसिरे)
आहोइ, रमाउँदै सबै (देउसिरे)
आहोइ, हाँसौैँ है सबै (देउसिरे)
आहोइ, चमेली पनि (देउसिरे)
आहोइ, नाचेको नाचै (देउसिरे)
आहोइ, बाटुली पनि (देउसिरे)
आहै, नाच्नलाई आऊ (देउसिरे)
आहोइ, बाँच्याछ र (देउसिरे)
आहै, नाच्न पाइयाछ (देउसिरे)
आहै, गाउन पाइयाछ (देउसिरे)
आहै, भेट भाको बेला (देउसिरे)
आहै, "देउसिरे" भन (देउसिरे)
नाचिदेऊ, पल्लारे साइँलो, यो तिहारमा गर्ने हो रमाइलो
नाचिदेऊ, पल्लारे साइँलो, यो तिहारमा गर्ने हो रमाइलो
ए, यो तिहारमा गर्ने हो रमाइलो
खास त मलाई चाहिँदैन केही पनि
दिएसी नाइँ भन्दिन त्यही पनि
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति ससुराली जाम्
ओए, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
ओए, घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओए, कसको ठूलो खाम
धन्न चल्न हरायो अहिले त
घुमाइरोटी बाँड्थे झन् पहिले त
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति माइतीघरमा जाम्
ओइ, कसको ठूलो खाम, बरै, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
ओइ, घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
घर आएसी गनम्ला, ओइ, कसको ठूलो खाम
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
ए, ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
निधारमा छपक्कै टिको मामाघर-माइतीघर जानीको
ए, मामाघर-माइतीघर जानीको
आहोइ, दुःख मान्नीलाई (देउसिरे)
आहोइ, दुःखैको दुःख (देउसिरे)
आहोइ, सुख काट्नीलाई (देउसिरे)
आहोइ, सुखैको सुख (देउसिरे)
आहोइ, चिन्ता मान्नीलाई (देउसिरे)
आहोइ, चिन्तैको चिन्ता (देउसिरे)
आहोइ, खुशी हुनीलाई (देउसिरे)
आहोइ, खुशीको खुशी (देउसिरे)
आहोइ, त्यही भएर, साथी (देउसिरे)
आहोइ, रमाउन सिक (देउसिरे)
आहोइ, दुःखपीर छोड्दिई (देउसिरे)
आहोइ, झन् खुशी बन (देउसिरे)
आहोइ, झन् खुशी बन (देउसिरे)
हुँदैन चमेलीबेली तिहारमा देउसिरे नखेली
हुँदैन चमेलीबेली तिहारमा देउसिरे नखेली
हे, तिहारमा देउसिरे नखेली
लिनेदिने दुवैको गल्ती हो
पैसा बाँड्नु नराम्रो चल्ती हो
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति ससुराली जाम्
ओए, आशीर्वाद पाम्, बरै, पैसो-सैसो चाहिँदैन, ओए, आशीर्वाद पाम्
ओए, पैसो-सैसो चाहिँदैन, ओए, आशीर्वाद पाम्
पैसो-सैसो चाहिँदैन, ओए, आशीर्वाद पाम्
भनम् बरु सबैलाई, "हिन, जाम्
पैसा होइन, आशीर्वाद लिन जाम्"
टीका पनि लाम्, बरै, जमरा नि लाम्
ब्या नभाका जति मामाघरमा जाम्, ब्या भएका जति माइतीघरमा जाम्
ओइ, आशीर्वाद पाम्, बरै, पैसो-सैसो चाहिँदैन, ओइ, आशीर्वाद पाम्
ओइ, पैसो-सैसो चाहिँदैन, ओइ, आशीर्वाद पाम्
पैसो-सैसो चाहिँदैन, ओइ, आशीर्वाद पाम्
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको ससुराली-मामाघर जानीको
ए, ससुराली-मामाघर जानीको
निधारमा छपक्कै टिको, मामाघर-माइतीघर जानीको
निधारमा छपक्कै टिको, मामाघर-माइतीघर जानीको
ए, मामाघर-माइतीघर जानीको
आहोइ, मरेर जाने (देउसिरे)
आहोइ, एकबारको जुनी (देउसिरे)
आहै, के नै छ र (देउसिरे)
आहै, सम्झेर रुनी (देउसिरे)
आहै, भेटैमा हुँदा (देउसिरे)
आहै, हाँस र बोल (देउसिरे)
आहै, मरेपछि त (देउसिरे)
आहै, न मेरो-तेरो (देउसिरे)
आहै, सालको पातलाई (देउसिरे)
आहै, टपरी गाँसे (देउसिरे)
आहै, अर्को साल भेट (देउसिरे)
आहै, हौँला नि, सँगी (देउसिरे)
आहै, नमरी बाँचे (देउसिरे)
नाचिदेऊ, पल्लारे साइँलो, यो तिहारमा गर्ने हो रमाइलो
नाचिदेऊ, पल्लारे साइँलो, यो तिहारमा गर्ने हो रमाइलो
ए, यो तिहारमा गर्ने हो रमाइलो