खोलाको किनारमा बसि रहदा, मायालु
मन बग्छ खोलासितै कताकता, मायालु
मन बग्छ खोलासितै कताकता, मायालु
पर्खेर बसेँ आउछ कि भनि, तर्केर गएछ
जिन्दगी भरि लेखेको कथा अधुरो भएछ
आकाश नोलीमा हेरी रहदा, मायालु
मन उड्छ माथि अझै कताकता, मायालु
मन उड्छ माथि अझै कताकता, मायालु
त्यसलाई आफ्नै भनेको थिएँ, बिरानो भएछ
भरखर मात्रै बुनेको माला, पुरानो भएछ
सुनखरी टिपेर ओर्ली रहदा मायालु
मन चोर्छ मालासितै कताकता, मायालु
मन चोर्छ मालासितै कताकता, मायालु
मन चोर्छ मालासितै कताकता, मायालु
मन बग्छ खोलासितै कताकता, मायालु