Elige una pista para reproducir
भन तिमीलाई बिर्सुँ कसोरी?
यति गहन चोट भुलुँ कसोरी?
भन तिमीलाई बिर्सुँ कसोरी?
यति गहन चोट भुलुँ कसोरी?
सँगै जिउने, सँगै मर्ने तिम्रो, मेरो वाचा थियो
सुख, दुःख दुवैमा नै साथ रहने आशा थियो
तर आज जिन्दगीमा छुट्न पर्ने के दिन आयो? हो, हो हो हो हो
भन तिमीलाई बिर्सुँ कसोरी?
यति गहन चोट भुलुँ कसोरी?
जीवन कति सजाउँ भन्ने तिम्रो, मेरो सपना थियो
एक-अर्काको साथमा रमाई हाँस्ने हाम्रो धोको थियो
तर आज जिन्दगीमा रुन पर्ने के दिन आयो? हो, हो हो हो हो
भन तिमीलाई बिर्सुँ कसोरी?
यति गहन चोट भुलुँ कसोरी?
भन तिमीलाई बिर्सुँ कसोरी?
यति गहन चोट भुलुँ कसोरी?