Elige una pista para reproducir
चोलीको तुना कँसक्कै पारेर कँंस मायाले
बैँसमा जोबन पोखिन्छ, ख्याल गरेर बस मायाले
पानीझैँ जोबन छल्किन्छ, सम्हालेर राख्छौ मायाले
बैँसको धोको मेटम्ला, मेसो परे डाँक्छौ मायाले
जान्छ्यौ र पिरतीको डुङ्गा सँगै तरेर? (ओए, होए)
लान्छौ र जिन्दगीभरिलाई माया गरेर? (ओए, होए)
जान्छ्यौ र पिरतीको डुङ्गा सँगै तरेर? (ओए, होए)
लान्छौ र जिन्दगीभरिलाई माया गरेर?
चोलीको तुना कँसक्कै पारेर कँंस मायाले
बैँसको धोको मेटम्ला, मेसो परे डाँक्छौ मायाले?
पिपलुलाई बरको माया, बरैलाई पिपलको
तिमी भए मेरो जीवन हुन्छ शीतलको
तिमी टाढा हुँदाखेरि आखिर मै रुम्ला नि
तिम्लाई धेरै माया गर्ने मै त हुम्ला नि
पिपलुलाई बरको माया, बरैलाई पिपलको
तिमी भए मेरो जीवन हुन्छ शीतलको
तिमी टाढा हुँदाखेरि आखिर मै रुम्ला नि
तिम्लाई धेरै माया गर्ने मै त हुम्ला नि
जान्छ्यौ र पिरतीको डुङ्गा सँगै तरेर? (ओए, होए)
लान्छौ र जिन्दगीभरिलाई माया गरेर? (ओए, होए)
जान्छ्यौ र पिरतीको डुङ्गा सँगै तरेर? (ओए, होए)
लान्छौ र जिन्दगीभरिलाई माया गरेर?
चोलीको तुना कँसक्कै पारेर कँंस मायाले
बैँसको धोको मेटम्ला, मेसो परे डाँक्छौ मायाले
'साईको' घडी हातमा लगाई के सम्झी टोलाकी?
किनिदिउँला नि, मेरी माया, सुनको बुलाकी
छैन रहर घर बनाउने सुन र हीराले
तिम्रो माया पाइन भने मर्छु पीरले