Elige una pista para reproducir
खोला वारी, खोला पारी, पिपल र वर।...२
हावा चल्यो, पात हल्यो, माया वरवर।...२
जहाँ उम्र्यो त्यहिँ जिउने, दुवैमा छ कर।...२
साउनमा जति सुकै, बाढीको होस डर।
आखिरमा पानी खान, यहि खोलाको भर।...२
हावा चल्यो, पात हल्यो, माया वरवर।...२
कहिले वारी, कहिले पारी ढुकुरका जोडी।...२
आफ्नो भने सधै भरि, मात्र हेर हेरी।
दुख पोख्दा, दैब पनि, भयो पर पर।...२
हावा चल्यो, पात हल्यो, माया वरवर।...२
खोला वारी, खोला पारी, पिपल र वर।...२
हावा चल्यो, पात हल्यो, माया वरवर।...२