अँधेरी, ला-ला-ला-ला-ला-ला
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी, अँधेरी...
के चाहन्छौ तिमी मबाट? के नै दिन सक्छु र म?
के चाहन्छौ तिमी मबाट? के नै दिन सक्छु र म
आखिरमा तिमीलाई सिवाय छटपटी र हानी?
अँधेरी, अँधेरी...
म त भित्रभित्रै खोक्रिएको सारङ्गीको बेसुरा स्वरझैँ
म त भित्रभित्रै खोक्रिएको सारङ्गीको बेसुरा स्वरझैँ
या भनौँ कसैको मनोरञ्जनको लागि बजिदिनेथेँ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी, अँधेरी
अँधेरी, अँधेरी...