Elige una pista para reproducir
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
त्यो आँखामा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो, त्यो आँखामा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
त्यो दिन सफल हुनेछ
त्यो दिन सफल हुनेछ जुन दिन फूल फुल्नेछ
त्यो दिन सफल हुनेछ जुन दिन फूल फुल्नेछ
पुराना, तीता कुरालाई यो मनले भुल्नेछ
पुराना, तीता कुरालाई यो मनले भुल्नेछ
तिम्रो मनमा बसेका ढुङ्गालाई पगाल्न खोजिरहेँ
त्यो मनमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो, त्यो मनमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
झर्छन् आँसुहरू
झर्छन् आँसुहरू यो मनमा चोट सहँदा
झर्छन् आँसुहरू यो मनमा चोट सहँदा
खुसी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा
खुसी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा
तिम्रो मुहारमा लुकेका बादललाई हटाउन खोजिरहेँ
त्यो मुहारमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो, त्यो मुहारमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ