Elige una pista para reproducir
लहरे वर, घुमाउने चौतारी
लहरे वर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई, बरिलै
वैरागीको मन, बरिलै
लहरे वर, घुमाउने चौतारी
आकाशको कालो बादल मनभरि छायो
आकाशको कालो बादल मनभरि छायो
हाँस्ने-खेल्ने उमेरलाई केले हो रुवायो?
हाँस्ने-खेल्ने उमेरलाई केले हो रुवायो?
माइतीको आस, बनिवास, जीउको नाश, बरिलै
माइतीको आस, बनिवास, जीउको नाश, बरिलै
लहरे वर, घुमाउने चौतारी
डाँडामाथि झुल्के घाम, आँखामा छ रात
डाँडामाथि झुल्के घाम, आँखामा छ रात
आफन्तको भीडबीच कोही छैन साथ
आफन्तको भीडबीच कोही छैन साथ
काँ हो मेरो गाउँ? कुन हो ठाउँ? के हो नाउँ? बरिलै
काँ हो मेरो गाउँ? कुन हो ठाउँ? के हो नाउँ? बरिलै
लहरे वर, घुमाउने चौतारी
लहरे वर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई, बरिलै
वैरागीको मन, बरिलै
लहरे वर, घुमाउने चौतारी