Elige una pista para reproducir
हिउँ भन्दा चिसो
आगो भन्दा तातो, हो
हिउँ भन्दा चिसो, आगो भन्दा तातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
हिउँ भन्दा चिसो
यो साइनोले मुटुमा, लै-लै, गाडी सक्यो जरो
यो साइनोले मुटुमा, लै-लै, गाडी सक्यो जरो
रातमा पनि दिनमा पनि, आइरन्छ झझल्को
रातमा पनि दिनमा पनि, आइरन्छ झझल्को
आइरन्छ झझल्को
हिउँ भन्दा चिसो, आगो भन्दा तातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
हिउँ भन्दा चिसो
यो साइनोले सम्झना, लै-लै, बसेछ आँखैमा
यो साइनोले सम्झना, लै-लै, बसेछ आँखैमा
पारीबाट गाँउला गीत प्रितीको भाकैमा
पारीबाट गाँउला गीत प्रितीको भाकैमा
प्रितीको भाकैमा
हिउँ भन्दा चिसो, आगो भन्दा तातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
हिउँ भन्दा चिसो
कञ्चनजङ्घा हिमाल, लै-लै, डाँडा पारी-पारी
कञ्चनजङ्घा हिमाल, लै-लै, डाँडा पारी-पारी
जहाँ बसेनी एउटै रगत हामी हौउ नेपाली
जहाँ बसेनी एउटै रगत हामी हौउ नेपाली, हामी हौउ नेपाली
हिउँ भन्दा चिसो, आगोभन्दा तातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
तिम्रो हाम्रो साइनो रैछ रगत भन्दा रातो
हिउँ भन्दा चिसो