Elige una pista para reproducir
सारा मिले पनि मागिरहेछु फेरि पनि वरदान, भगवान्
धर्तीका सारा प्राणीहरूको
धर्तीका सारा प्राणीहरूको गर्न सकूँ कल्याण, भगवान्

यो मेरो र तेरो भन्ने, प्रभु, भावले मन यो खिन्न नहोस्

देख्न सकूँ म सबैलाई एउटै, यो आफ्नो नहोस्, त्यो भिन्न नहोस्

सबको भलाइ गर्दागर्दै जाओस् मेरो जीउज्यान, भगवान्
असत्को बाटो लाग्नेहरूलाई सत्यतिर म लगाउन सकूँ

दोषलाई त्यागी गुणलाई लिने सद्बुद्धि म पाउन सकूँ
पाउमा प्रभुकै लागोस् मेरो अन्त समयतक ध्यान, भगवान्