Elige una pista para reproducir
भनेर हुने भए
भनेर हुने भए लाने थिएँ म तिमीलाई
सातै डाँडा कटाई, नौमती बाजा बजाई
रमाइलो मेरै गाउँमा
ओ, रमाइलो मेरै गाउँमा
भनेर हुने भए...
आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन
हो, आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन
मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन
मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन
गइनदेऊ टाढा, आऊ बस छेउमा
किन हो डर मान्छ्यौ?
किन हो डर मान्छ्यौ?
किन हो डर मान्छ्यौ?
भनेर हुने भए...
फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न
हो, फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न
आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन
आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन
एक बारको जुनी हाँस-खेल गरौँ
किन हो खेर फाल्ने?
किन हो खेर फाल्ने?
किन हो खेर फाल्ने?
भनेर हुने भए...
भनेर हुने भए लाने थिएँ म तिमीलाई
सातै डाँडा कटाई, नौमती बाजा बजाई
रमाइलो मेरै गाउँमा
ओ, रमाइलो मेरै गाउँमा
ओ, रमाइलो मेरै गाउँमा
रमाइलो मेरै गाउँमा
रमाइलो मेरै गाउँमा
रमाइलो मेरो सुनचौर गाउँमा