Elige una pista para reproducir
हे बाबु, छोरा, तिमी नगए हुन्न र?
जे छ, जसो छ त्यही खाए हुन्न र?
हे बाबु, छोरा, तिमी नगए हुन्न र?
जे छ, जसो छ त्यही खाए हुन्न र?
मेरी आमा, मन मलाई कहाँ छ र?
नगए घरको छानो कसले टाल्छ र?
मेरी आमा, मन मलाई कहाँ छ र?
नगए घरको छानो कसले टाल्छ र?
साहुकाे ऋणले मन मेरो पोल्छ
नगए घरव्यवहार कसरी चल्छ?
नगए घरव्यवहार कसरी चल्छ?
खेती र पाती गरेर खाउँला
तिमी नै गए म कसरी बाँचौँला?
खेती र पाती गरेर खाउँला
तिमी नै गए म कसरी बाँचौँला?
आउनेछु, आमा, म फर्केर फेरि
साहुको सबै ऋण तिर्ने गरी
आउनेछु, आमा, म फर्केर फेरि
साहुको सबै ऋण तिर्ने गरी
बसौँला आमा, हामी खुसी भई
जान देऊ, आमा, अहिलेचाहिँ
जान देऊ, आमा, अहिलेचाहिँ
मन मेरो रुन्छ मुटु नै भक्कानी
कुरेर बस्छु तिमी आउने दिन गनी
मन मेरो रुन्छ मुटु नै भक्कानी
कुरेर बस्छु तिमी आउने दिन गनी
दुईचार वर्ष बस्न देऊ, आमा
कमाई आउँछु फेर्न घरको छाना
दुईचार वर्ष बस्न देऊ, आमा
कमाई आउँछु फेर्न घरको छाना
जानेबेला बिदा देऊ हाँसेर
आउँछु फेरि यही फर्केर
आउँछु फेरि यही फर्केर
आमा
आमा