Elige una pista para reproducir
बल्लतल्ल भेट भाको दिन, भेट भाको दिन
सानु, एकै वचन बोल्दिनौ किन?
बाटो छ भिरालो
सानु, सङ्लो पानी, धमिलो मन किन? यही लाग्छ पिरालाे
भो भो, मलाई फकाउनु पर्देन, फकाउनु पर्देन
सानु, फूलको थुँगा भुइँ त्यसै झर्दैन
बाटो छ भिरालो
सानु, यो कलीको भर अनि हुँदैन, यही लाग्छ पिरालो
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
बोलूँ भने किन हो किन, किन हो किन
सानु, मेरो माया मै भन्न सक्दिन
बाटो छ भिरालो
सानु, यो मायाको मुखै छ हँसिलो, यही लाग्छ पिरालो
इन्द्रकमल फूल कहिले फुलेको? फूल कहिले फुलेको?
सानु, यो मायाले क्या मीठो बोलेको
बाटो छ भिरालो
सानु, छ कि कतै मन्तै डुलेको? यही लाग्छ पिरालो
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
यो वनको फूल राम्रो प्याउली, फूल राम्रो प्याउली
सानु, बतासैले उडाउँदा चाल पाउली
बाटो छ भिरालो
सानु, कुन पाखामा जिन्दगी बिताउली? यही लाग्छ पिरालो
गुलेलीले कुन चरी ताक्छ र? कुन चरी ताक्छ र?
सानु, अल्लारेको को पछि लाग्छ र?
बाटो छ भिरालो
सानु, हत्केलाले सुर्जेलाई ढाक्छ र?
यही लाग्छ पिरालो
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ
छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ