फूल पनि बिझाउने भो, पात पनि बिझाउने भो
वसन्तको दिनसँगै रात पनि बिझाउने भो
मान्छे नपाएर होइन, माया नपाई एक्लो भएँ
मान्छे नपाएर होइन, माया नपाई एक्लो भएँ
आँसु पुछ्न आउनेको हात पनि बिझाउने भो
आँसु पुछ्न आउनेको हात पनि बिझाउने भो
फूल पनि बिझाउने भो, पात पनि बिझाउने भो
वसन्तको दिनसँगै रात पनि बिझाउनी भो
जिन्दगीको यात्राभरि घुम्ती सिवाय केही भएन
जिन्दगीको यात्राभरि घुम्ती सिवाय केही भएन
मलाई बाटो देखाउनेको बात पनि बिझाउने भो
मलाई बाटो देखाउनेको बात पनि बिझाउने भो
फूल पनि बिझाउने भो, पात पनि बिझाउने भो
वसन्तको दिनसँगै रात पनि बिझाउने भो