Elige una pista para reproducir
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो
मात लाग्ने तिम्रो हेराइ मुटुभित्र पस्यो
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो
तिमी हाँस्दा लाग्छ मलाई मेरो पनि रैछ कोही
तिमी हाँस्दा लाग्छ मलाई मेरो पनि रैछ कोही
जिउने आधार, हाँसो, खुसी सम्झेको छु तिमीलाई
जिउने आधार, हाँसो, खुसी सम्झेको छु तिमीलाई
मुटुभरि माया साँची मनभित्रै पूजा गरेँ
माया गर्छ्यौ भन्ने बुझी सधैँ तिम्रो भर परेँ
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो
माया गर्छ्यौ जस्तो लाग्छ बोलिदिँदा मात्रै तिमी
हो, माया गर्छ्यौ जस्तो लाग्छ बोलिदिँदा मात्रै तिमी
झीलजस्तै ती नजरमा डुब्दै हुन्छु खुसी पनि
झीलजस्तै ती नजरमा डुब्दै हुन्छु खुसी पनि
भाग्यमा नि रैछौ भनी ऐना हेर्दै मुस्कुराउँछु
रैछौ मोहिनी राग तिमी, सधैँ तिम्रो गीत गाउँछु
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो
मात लाग्ने तिम्रो हेराइ मुटुभित्र पस्यो
पहिलो नजर, पहिलो नशा तिमीसँगै बस्यो