Elige una pista para reproducir

पानी, पानी
पानी, पानी
पानी है पर्यो धरर, कान्छीको केश भिजायो
केशको पानी बगेर निधारको टीका बगायो
पानी है पर्यो धरर, कान्छीको केश भिजायो
केशको पानी बगेर निधारको टीका बगायो
मै मोरो सोझो, मै मोरो सोझो, पछि लागेँ पानीको
थाहा भएन हेर्नु हुन्न बैँस नानीको
मै मोरो सोझो, पछि लागेँ पानीको
थाहा भएन हेर्नु हुन्न बैँस नानीको
कहाँ हेरूँ, कहाँ हेरूँ, कहाँ हेरूँ, कहाँ हेरूँ, कहाँ हेरूँ भयो
आकाशतिर हेरेँ, घामले आँखा खोल्नै सकिन
के बोलूँ, के बोलूँ, के बोलूँ, के बोलूँ, के बोलूँ भयो
कान्छीको छेउमा पुगेँ तर बोल्नै सकिन
कान्छी हिँडिन् भीरको बाटो मलमलको बर्को ओढेर
ओढूँ झैँ लाग्यो मलाई पनि त्यही बर्को मागेर
मै मोरो सोझो, पछि लागेँ बर्कोको
थाहा भएन हेर्नु हुन्न बैँस अर्कोको
मै मोरो सोझो, पछि लागेँ बर्कोको
थाहा भएन हेर्नु हुन्न बैँस अर्कोको
गाजलु आँखातिर, गाजलु आँखातिर मन मेरो टोलायो
लाग्छ त्यो मनले, लाग्छ त्यो मनले बल्ल मलाई बोलायो
कान्छी हिँडिन् खोलैखोला फरिया थोरै सारेर
फर्किऊँ लाग्यो मलाई पनि कान्छीलाई खोली तारेर
मै मोरो सोझो, मै मोरो सोझो, पछि लागेँ पानीको
थाहा भएन हेर्नु हुन्न बैँस नानीको
मै मोरो सोझो, पछि लागेँ पानीको
थाहा भएन हेर्नु हुन्न बैँस नानीको
ओहो, मै मोरो सोझो, पछि लागेँ पानीको
थाहा भएन हेर्नु हुन्न बैँस नानीको
मै मोरो सोझो, पछि लागेँ बर्कोको
थाहा भएन हेर्नु हुन्न बैँस अर्कोको