Elige una pista para reproducir
चन्द्रमा, ए चन्द्रमा, गोलो-गोलो चन्द्रमा
नरम, रसिलो रसभरीजस्तो, हिस्सी परेको चन्द्रमा
Hmm, चन्द्रमा, ए चन्द्रमा, गोलो-गोलो चन्द्रमा
नरम, रसिलो रसभरीजस्तो, हिस्सी परेको चन्द्रमा
Hmm, चन्द्रमा, ए चन्द्रमा
हाम्रो घरमा बिजुली छैन
तेल नभईकन टुकी बल्दैन
हाम्रो घरमा बिजुली छैन
तेल नभईकन टुकी बल्दैन
आऊ न, बाबा, ओर्ली आऊ हाम्रो अँध्यारो यो घरमा
Hmm, चन्द्रमा, ए चन्द्रमा
पन्छी भईकन जन्मिन पाए
फटफट चाली पङ्ख मजाले
पन्छी भईकन जन्मिन पाए
फटफट चाली पङ्ख मजाले
तिम्रो घरको त्यो कौसीमा पुग्न म सक्थेँ छिनभरमा
Hmm, चन्द्रमा, ए चन्द्रमा
आऊँ भने पनि कसरी आऊँ?
कुन हो बाटो? कुन हो ठाउँ?
आऊँ भने पनि कसरी आऊँ?
कुन हो बाटो? कुन हो ठाउँ?
लौ न, मलाई तान उचाली स्वर्गपुरीको त्यो घरमा
Hmm, चन्द्रमा, ए चन्द्रमा, गोलो-गोलो चन्द्रमा
नरम, रसिलो रसभरीजस्तो, हिस्सी परेको चन्द्रमा
Hmm, चन्द्रमा, ए चन्द्रमा
ला, ला, ला, ला, ला, ला-ला-ला
Mmm, hmm
ला, ला, ला, ला, ला, ला-ला-ला