Elige una pista para reproducir
प्रेमको मूल्य मलाई नसोध, यो तिमीले दिएको उपहार भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ
यसको मूल्य के रहेछ
सिसा रहेछु म पत्थरसँग ठक्कर खाने
छाल बनेछु म समुन्द्रको किनारालाई अँगाल्ने
सिसा रहेछु म पत्थरसँग ठक्कर खाने
छाल बनेछु म समुन्द्रको किनारालाई अँगाल्ने
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
आँसुको मूल्य मलाई नसोध, यो तिमीले दिएको चिनो भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ
यसको मूल्य के रहेछ
अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरू
अँध्यारोतिर बढिरहेछन् मेरा जीवनका किरणहरू
अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरू
अँध्यारोतिर बढिरहेछन् मेरा जीवनका किरणहरू
ओ-हो-हो, ओ-हो-हो
हो, हो, ओ-हो-हो
चोटको मूल्य मलाई नसोध, यो तिमीले दिएको दाग भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ
यसको मूल्य के रहेछ
यसको मूल्य के रहेछ