कस्तो यो मन दोधारे पाऱ्यो
मिरमिरे उनको आँखाले
छाडी जाऊँ कि सँगै लैजाऊँ?
के गऱ्यो यो जाली मायाले
कस्तो यो मन दोधारे पाऱ्यो
मिरमिरे उनको आँखाले
छाडी जाऊँ कि सँगै लैजाऊँ?
के गऱ्यो यो जाली मायाले
यसै ठाउँमा घुम्न आको म त एउटा परदेशी
पहिलो-पहिलो मायाले नै पोल्दो रैछ छाती बेसी
यसै ठाउँमा घुम्न आको म त एउटा परदेशी
पहिलो-पहिलो मायाले नै पोल्दो रैछ छाती बेसी
ए, हो, पोल्दो रैछ छाती बेसी
(पोल्दो रैछ छाती बेसी)
कस्तो यो मन दोधारे पाऱ्यो
गाजलु त्यो उनको आँखाले
छाडी जाऊँ कि सँगै लैजाऊँ?
के गऱ्यो यो जाली मायाले
छाडी नजानू है, माया, एक्लै पारेर
रोइरहन्छु है, माया, मूलबाटो हेरेर
"पाप होइन माया," भन्थे, कहिलेकाहीँ यस्तै हुन्छ
थाहै नपाई कता-कता कलेजीको भित्र छुन्छ
"पाप होइन माया," भन्थे, कहिलेकाहीँ यस्तै हुन्छ
थाहै नपाई कता-कता कलेजीको भित्र छुन्छ
ए, हो, कलेजीको भित्र छुन्छ
(कलेजीको भित्र छुन्छ)
कस्तो यो मन दोधारे पाऱ्यो
मिरमिरे उनको आँखाले
गाजलु त्यो उनको आँखाले (हो, हो, हो)
मिरमिरे उनको आँखाले (हो, हो, हो)