Elige una pista para reproducir
कति जल्छौ आरिसले?
कति जल्छौ आरिसले? अझै जल्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर
प-ध, सा-ध, सा-ध-रे
सा-ध, सा-ध, प-ग
ग-रे-सा, रे-सा-ध
सा-ध-प, ग-रे-सा
काँडे तारको बार लागे नि मेरो यात्रा रोकिन्न
काँडे तारको बार लागे नि मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई कहिल्यै पनि छेकिन्न
हत्केलाले सूर्यलाई कहिल्यै पनि छेकिन्न
कति गर्छौ उपहास?
कति गर्छौ उपहास? अझै गर्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर
तिल जत्रो कुरालाई पहाड जत्रै बनाऊ
तिल जत्रो कुरालाई पहाड जत्रै बनाऊ
झूटको खेती सप्रियो भने दीपावली मनाऊ
झूटको खेती सप्रियो भने दीपावली मनाऊ
कति काट्छौ कुराहरू?
कति काट्छौ कुराहरू? अझै काट्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर
आ-आ, खुट्टा तान्दै गर (आ-आ)
(आ-आ) खुट्टा तान्दै गर