Elige una pista para reproducir
माया अन्तै सार, सक्छौ मलाइ एक्लै पार
बिन्ती! माया नमार, मेरो ज्यानै जाला
घर अन्तै सार, सक्छौ काँडे तारले बार
बिन्ती! मनलाई नबार, मेरो ज्यानै जाला
रिसाएरै हेर बरु नहेरेकोभन्दा
रिसाएरै हेर बरु नहेरेकोभन्दा
जे नै बोल, सास आउँछ तिम्रो बोली सुन्दा
गर्छौ गाली गर, भित्र बदनामै गर
बिन्ती! बाहिर नउतार, मेरो ज्यानै जाला
यो जुनीमा यस्तै होला तिमीलाई माया लाउन
यो जुनीमा यस्तै होला तिमीलाई माया लाउन
भाग्य पनि चाहिँदो रैछ कर्मको फल पाउन
चिठीपत्र च्यात, सक्छौ डढाएरै फाल
बिन्ती! मनबाट नफाल, मेरो ज्यानै जाला
माया अन्तै सार, सक्छौ मलाइ एक्लै पार
बिन्ती! माया नमार, मेरो ज्यानै जाला
घर अन्तै सार, सक्छौ काँडे तारले बार
बिन्ती! मनलाई नबार, मेरो ज्यानै जाला