Elige una pista para reproducir
भुलेका कथा तीतामीठा
भुलेका कथा तीतामीठा साधा कागजको पानामा तब देख्छु
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीतामीठा
सम्झनामा सधैँ चोट बल्झिदिन्छ
सम्झनामा सधैँ चोट बल्झिदिन्छ
यादहरूका लहरहरूले
यादहरूका लहरहरूले बिर्सिसकेको कथाहरू दोहोर्याइदिन्छ
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीतामीठा
नीरवतामा त्यसै मन झस्किदिन्छ
नीरवतामा त्यसै मन झस्किदिन्छ
भावनाका लहरहरूले
भावनाका लहरहरूले भत्किसकेको शून्य महलमा डोर्याउँछ
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीतामीठा