सपनाको महल भत्केर गयो, मन ऐना झैं फुटेर गयो
जब छैनौ आफ्नै तिमी
जब छैनौ आफ्नै तिमी, जग बिरानो भयो
सपनाको महल भत्केर गयो
तिम्रो हाम्रो साथ थियो, जूनेली रात थियो
तिम्रो हाम्रो साथ थियो, जूनेली रात थियो
शितल बतास थियो, मीठोमीठो प्यास थियो
सबै लग्यो हुरीले
सपनाको महल भत्केर गयो
फेरि उही गोधूलीमा इन्द्रेंणी याद आयो
फेरि उही गोधूलीमा इन्द्रेंणी याद आयो
भावनामा बतासिंदै आकास्शेको याद आयो
सबै लुट्यो भावीले
सपनाको महल भत्केर गयो
मन ऐना झैं फुटेर गयो
जब छैनौ आफ्नै तिमी
जब छैनौ आफ्नै तिमी, जग बिरानो भयो
सपनाको महल भत्केर गयो