तिम्रो आँखामा डुबिसकेछु
मलाई निकाल्न नखोज
मेरो गीतको भाका बनेछाै
मलाई मात्रै तिमी गाइदेऊ न
जीवनभरिका लागि सम्झना बनिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है
बादल बनेरै आए नि हुन्छ
घाम बनेरै छाए पनि
शब्द बनेरै बसे नि हुन्छ
लय बनेरै गाए पनि
मनको कुनै कुनामा किन? पूरै मनमा बसिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है
जीवनभरिका लागि सम्झना बनिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है