Elige una pista para reproducir
मान्छेको बस्तीले भरिएको दुनियाँलाई कसले सजायो?

दया र माया, प्रीतिको दियो आज कहाँ हरायो?

जिउँदोलाई प्रीत, मर्नेलाई रीत, बाँचुन्जेल तेरो-मेरो

दुई मुट्ठी सास उडेर गए बलियो नि हुन्छ मुढो
हो-हो, बलियो नि हुन्छ मुढो
मान्छेको बस्ती...
घनघोर जङ्गल या चौबाटोमा मान्छेको लासैलास

यो आज के भो, लौ? बिपनीमै मान्छेलाई मान्छेको त्रास
हो-हो, मान्छेलाई मान्छेको त्रास