Elige una pista para reproducir
झीरमा उनिनु, त्यो एउटा कुरा, पीरमा उनिनु, त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र? तर झर्नु-नझर्नु, त्यो अर्कै कुरा
झीरमा उनिनु, त्यो एउटा कुरा, पीरमा उनिनु, त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र? तर झर्नु-नझर्नु, त्यो अर्कै कुरा
झीरमा उनिनु, त्यो एउटा कुरा
मैले कहाँ भनेँ र पीरैपीर भो भनेर?
मैले कहाँ भनेँ र पीरैपीर भो भनेर?
तल-तल खस्दा पनि धीरैधीर भो भनेर
कराएरै जन्मेँ
कराएरै जन्मेँ, चुपचाप मरुँला जतिसुकै चलोस् मनमा छुरा
झीरमा उनिनु, त्यो एउटा कुरा
भाग्य कहाँ खसेर अन्धकार नै भएछ?
भाग्य कहाँ खसेर अन्धकार नै भएछ?
झुकीझुकी बोल्दा पनि अहङ्कार भइगएछ
हराएरै गए
हराएरै गए चुपचाप बसुँला जतिसुकै खेलोस् मनमा कुरा
झीरमा उनिनु, त्यो एउटा कुरा, पीरमा उनिनु, त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र? तर झर्नु-नझर्नु, त्यो अर्कै कुरा
झीरमा उनिनु, त्यो एउटा कुरा