Elige una pista para reproducir
आयो कलि धपक्कै बली
दिदी भन्दा बहिनि झन् नक्कली
यार्लिङ्ग ढल्काउने
झ्यालमा बसेर आँखा सन्काउने
झ्यालमा बसेर आँखा सन्काउने
आयो कलि धपक्कै बली
दिदी भन्दा बहिनि झन् नक्कली
यार्लिङ्ग ढल्काउने
झ्यालमा बसेर आँखा सन्काउने
झ्यालमा बसेर आँखा सन्काउने
के को सियो? फलामे सियो
नक्कलीलाई फकाउने मन थियो
तारा खसाउने
लौ न कसरी माया बसाउने
लौ न कसरी माया बसाउने
पानी पर्यो असिना झर्यो
दिदी भन्दा बहिनि चै मन पर्यो
तोरी बारीमा
मेरो दिल बस्यो रातो सारीमा
मेरो दिल बस्यो रातो सारीमा
पानी पर्यो असिना झर्यो
दिदी भन्दा बहिनि चै मन पर्यो
तोरी बारीमा
मेरो दिल बस्यो रातो सारीमा
मेरो दिल बस्यो रातो सारीमा
एउटा चुरोट, एक बट्टा सलाई
नक्कलीलाई फकाइदेउ दाइ मलाई
तोरी बारीमा
मेरो दिल बस्यो रातो सारीमा
मेरो दिल बस्यो रातो सारीमा
कालो कोठी चिउँडोमा टिमिक्कै
दाहिने आँखा म तिर झिमिक्कै
रेलको झ्यालैमा
माया बसेछ ख्याल ख्यालैमा
माया बसेछ ख्याल ख्यालैमा
वनको चरी, वनैको हुट्टिट्याउँ
यो मायालाई कसरि उछिट्याउँ
रेलको झ्यालैमा, माया बसेछ ख्याल ख्यालैमा
माया बसेछ ख्याल ख्यालैमा
आयो कलि धपक्कै बली
दिदी भन्दा बहिनि झन् नक्कली
यार्लिङ्ग ढल्काउने
झ्यालमा बसेर आँखा सन्काउने
झ्यालमा बसेर आँखा सन्काउने