Elige una pista para reproducir
चाँदनी रातमा खुलेको जून तिमी
तिम्रो आकर्षणले उर्लेको समुन्द्रको छाल म
अब हात बढाऊ न
तिम्रो साथ बसाऊ न, तर
तिमी आउनू यसै खाली हात
नबोकी साथमा कुनै झुटामुटा बात
दुःख भुलाई, न केही लुकाई
कुनै देखावटीबिना, ओ माया
तिम्रो कोमल हातमा मेरो मन थमाएको
तिम्रो अँगालोभरि मेरो त दुनियाँ अटाएको
नजिक आउनू, मुस्कुराउनू
तिमीले भेट्दा कतै, ओ माया
झरीको रातमा रुझेर आउनू
मायाका मीठा गीत गुनगुनाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
तिमी आउनू यसै खाली हात, ओ माया
तर केही ल्याउने नै इच्छा भए
मलाई केही उपहार दिलाउने भए
तिम्रो ओठमा मीठो हाँसो बोकी आउनू
उकालीओरालीमा जिन्दगीको
चाहना छ केवल तिम्रो साथको
तिमी नछुट्ने गरी मेरो हात समाऊ है
अब यी कोठा मनका सुनसान छन्
मुस्कानहरू कहीँ गुमनाम छन्
नबुझी भाव मेरो जो तिमी अनजान छौ
नबुझी भाव मेरो जो तिमी अनजान छौ
अब त आउनू तिमी खाली हात
नबोकी साथमा कुनै झुटामुटा बात
दुःख भुलाई, न केही लुकाई
कुनै देखावटीबिना, ओ माया
झरीको रातमा रुझेर आउनू
मायाका मीठा गीत गुनगुनाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
झरीको रातमा रुझेर आउनू
मायाका मीठा गीत गुनगुनाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
झरीको रातमा रुझेर आउनू
मायाका मीठा गीत गुनगुनाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू
त्यो मनमा जाने ठाउँ मलाई देखाउनू