Elige una pista para reproducir
बिर्सन देऊ ती फूलहरूलाई
जूनतारा र तिम्रो मुहारलाई
तब मान्छे बन्छु होला म सुहाउँदो यो जमानालाई
आकाशपारिको त्यो क्षितिजजस्तै
गोधूलि साँझको लालीजस्तै
तिम्रो ओठको मधुर मुस्कानलाई
सम्हालिराखेकै छु
सँगाली तस्बिर तिम्रो
तिमी नै हौ माया मेरो
तिमी नै हौ छाया मेरो
यादहरूको गाथा मेरो
साथहरूको नाता मेरो
तिमी नै हौ माया मेरो
तिमी नै हौ छाया मेरो
यादहरूको गाथा मेरो
साथहरूको नाता मेरो
दह्रिलो विश्वास हाम्रो थियो
निःस्वार्थ, अटल माया हाम्रो
अनि मायामै डुबेछु म
तिम्रै भावनाको भाकाभित्र
लयलाई फुकाली रचेँ गीत
अनि सङ्गीतमै डुबेछु म
सम्हालिराखेकै छु
सँगाली तस्बिर तिम्रो
तिमी नै हौ माया मेरो
अनगिन्ती छाया मेरो
यादहरूको गाथा मेरो
साथहरूको नाता मेरो
तिमी नै हौ माया मेरो
तिमी नै हौ छाया मेरो
यादहरूको गाथा मेरो
साथहरूको नाता मेरो