Sencillo / Pista
दाहिनेतिर तपाईको करूणा
बाँयातिर अपार छ अनुग्रह
प्रेमले डोर्याउछ मलाई
जित्यो नि क्रूसको मायाले मलाई
जीवनमा अझै बढ़दैछ भलाई
महिमाको ज्योति झर्दैछ
त्यो ज्योतिले यो मन्दिर भर्दैछ
हा हा आ हा हा सोई सोई
छाल झै शत्रु बढ़ी आए पनि
कसले तलाईं बचाँउला त भनी
छुटकाराको गीतले मलाई घेर्नहुनेछ जसै
मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै
तपाईको मुहार हेरेर जीउदैछु
बिजेता भन्दा महान म बन्दैछु ।।
महिमाको ज्योति झर्दैछ
त्यो ज्योतिले यो मन्दिर भर्दैछ
हा हा आ हा हा सोई सोई