Elige una pista para reproducir
मायाको कुरा यस्तो हो, भुलेर कहाँ भुलिन्छ
बिर्सन खोज्दा तिमीलाई झनै मनको कुरा खोलिन्छ
मायाको कुरा यस्तो हो, भुलेर कहाँ भुलिन्छ
बिर्सन खोज्दा तिमीलाई झनै मनको कुरा खोलिन्छ
हृदयमा राखी तिमीलाई सधैँ कल्पी बस्छु म
विश्वासको धागो उनेर अझै कुरिरहन्छु म
हृदयमा राखी तिमीलाई सधैँ कल्पी बस्छु म
विश्वासको धागो उनेर अझै कुरिरहन्छु म
मायाको कुरा यस्तो हो, पीडामा खुसी छाउँछ
एकपल्ट मात्र फर्केर हेरिदेऊ, मनमा बहार आउँछ
मायाको कुरा यस्तो हो, भुलेर कहाँ भुलिन्छ
एकपल्ट मात्र फर्केर हेरिदेऊ, मनमा बहार आउँछ
आशाको किरण लिएर सधैँ आफैमा रम्छु म
मायाको खातिर आफैलाई आजै बन्धकी राख्छु म
आशाको किरण लिएर सधैँ आफैमा रम्छु म
मायाको खातिर आफैलाई आजै बन्धकी राख्छु म
हृदयमा राखी तिमीलाई सधैँ कल्पी बस्छु म
विश्वासको धागो उनेर अझै कुरिरहन्छु म
हृदयमा राखी तिमीलाई सधैँ कल्पी बस्छु म
विश्वासको धागो उनेर अझै कुरिरहन्छु म
मायाको कुरा यस्तो हो, भोक र प्यास हराउँछ
बाटो बिराई बिरक्तिँदा जिउने आस पलाउँछ