Elige una pista para reproducir
दिनको उज्यालोमा लुकाइराख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन्, "बिहानीको शीत हो यो"
ओठलाई सधैँ सिइराख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन्, "कसैको गीत हो यो"
आँखाले हेरे देखिँदैन, मेट्न खोजे मेटिँदैन
कुनै बूढो रोगजस्तो बेला-बेला बल्झिरहन्छ
दिलको छ घाउ पुरानो, सधैँ दुखिरहन्छ
दिनको उज्यालोमा लुकाइराख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन्, "बिहानीको शीत हो यो"
मुटु यति कमलो नभई ढुङ्गाको गोला भइदिए
या काँचको एक टुक्रा भए यो घाउ यहाँ हुने थिएन
छातीको भित्ता कमजोर नभए आँखाको बाँध फुट्ने थिएन
दिनको उज्यालोमा लुकाइराख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन्, "बिहानीको शीत हो यो"
ओठलाई सधैँ सिइराख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन्, "कसैको गीत हो यो"