Elige una pista para reproducir
क्षितिजको अग्लाइ नाप्छु भन्थेँ, कि तिम्रो उचाइ पनि छुन सकिन

सपना देख्थेँ ठूला-ठूला
सपना देख्थेँ ठूला-ठूला, तर म केही पनि हुन सकिन

मेरा हातहरू आकाशको बिस्तारलाई थाम्न खोज्थे
मेरा सपना जीवनको ढुकढुकी छाम्न खोज्थे

म त देशको शान बन्छु भन्थेँ, कि तिम्रो मान पनि पाउन सकिन
सपना देख्थेँ ठूला-ठूला
सपना देख्थेँ ठूला-ठूला, तर म केही पनि हुन सकिन
क्षितिजको अग्लाइ नाप्छु भन्थेँ, कि तिम्रो उचाइ पनि छुन सकिन
मेरा पाउहरू हिमालका शृङ्खलालाई नाघ्न खोज्थे
मेरा पाखुरी अँगालोमा बाधाहरू बाँध्न खोज्थे

म त सबको जीत हुन्छु भन्थेँ, कि तिम्रो गीत पनि बन्न सकिन