Sencillo / Pista
तिम्रो मायामा डुब्न देऊ मलाई
राखिदेऊ कतै मुटुको छेउ मलाई
तिम्रो मायामा डुब्न देऊ मलाई
राखिदेऊ कतै मुटुको छेउ मलाई
तिम्रो साथ पाउन चाहन्छु
तिम्रै गीत गाउन चाहन्छु
तिम्रो मायामा डुब्न देऊ मलाई
चाहना तिमी मेरो जीवनको
तिमी हौ खुशी मेरो यो मनको
हो, चाहना तिमी मेरो जीवनको
तिमी हौ खुशी मेरो यो मनको
तिम्रो मायामा डुब्न देऊ मलाई
सजाको छु मनमा मायाको घर
सोचिरहेछु तिम्लाई हरेक प्रहर
हो, सजाको छु मनमा मायाको घर
सोचिरहेछु तिम्लाई हरेक प्रहर
तिम्रो मायामा डुब्न देऊ मलाई