Elige una pista para reproducir
रोहिणी उकालो अनि घुमाउने गाडी
कुर्सियाँगको त्यो डाँडा अनि चिसो चिसो हावाले
स्पर्श दिन्छ तिम्रै, पहाड उचाल्दै
आउँदै छु तिम्रो सहर, घुम्दै, रमाउँदै
मेरो घर पर्यो धरान, अनि बसेँ कोरा बारी पनि
जिन्दगी चल्दै छ, जस्तो जे भए पनि
याद आउँछ दिनहरू, रमाइला छिनहरू
कलेज अगाडि अनि हामी कलेज पछाडि
सोनाडामा काम, बाटोभरि जाम
बाटो सानो त्यस्तै, अनि सानै हिँड्ने ठाउँ
हिँड्थेँ म एक्लै, अरूभन्दा बेग्लै
दिमाग खाली, तर मनचाहिँ अलि भारी
सम्झन्छु म साथीभाइलाई, मेरो यो गीतबाटै
नहोला सँगै, तर माया छ यो मनबाटै
आशा गर्छु, साँचै छ
गरी खाने कामचाहिँ छ
नमरी बाँचेँ, दैवले साँच्यो
कुनै दिन हामी फेरि भेटौंला
डार्जिलिङको रेलगाडी
चुकचुक गर्दै अघि बढ्छ
मेरो बाबा ले भन्नुहुन्थ्यो टोय ट्रेन
चढ्छु म यसैपाली
डार्जिलिङको रेलगाडी
चुकचुक गर्दै अघि बढ्छ
मेरो बाबा ले भन्नुहुन्थ्यो टोय ट्रेन
चढ्छु म यसैपाली
बाटो अगाडि भेट, अनि भोकमरी पेट
जिन्दगानी चलचित्र, मेरो रानी बस्थी भित्र
भएन कुरा–कानी, मेरो मन अधुरो राखी
मायाका फूलमा बानी नलगाई नै ओइलाइ जाने
उगेतको गल्लीगल्ली, हिँड्थ्यौं हामी हल्लिहल्ली
आलु निम्की दासको, खान्थ्यौं तीन–चार लोटको
एक लोटले पुग्दैनथ्यो, दुई लोट थप्नै पर्थ्यो
खाएर खाएर बाघले नसक्ने ज्यान भो
घुम्न जान्थेँ, घुमाउँथ्यो पहाडका लहरले
सेतो गाला, हरियो डाँडा नकली मोरीले
उडाइ लग्यो मेरो मन, खोजी हेर्छु उसकै तान
उडी कहाँ गयौ तिमी? अब मलाई भन न, भन
चौरास्ताको भिड, सिङ्गल हुने पीर
राम्री केटी शाइनिङ्ग, अनि अट्रयाक्ट भइहाल्थिन्
आट्दैनथे केटाहरू, साथ पाउँथे आएमा
आति छोराले नै बाघ मार्थे भन्थे
डार्जिलिङको रेलगाडी
चुकचुक गर्दै अघि बढ्छ
मेरो बाबा ले भन्नुहुन्थ्यो टोय ट्रेन
चढ्छु म यसैपाली
डार्जिलिङको रेलगाडी
चुकचुक गर्दै अघि बढ्छ
मेरो बाबा ले भन्नुहुन्थ्यो टोय ट्रेन
चढ्छु म यसैपाली
डार्जिलिङ, तिमी सराइ नै उज्यालो
लहरा, पहरा, बाँसपाखा मै मन
मेरो यो रमाइलो
डार्जिलिङ, तिमी सराइ नै रमाइलो
संसारमा जहाँ गए पनि भुलाउन
तिमीलाई गारो भो!
डार्जिलिङ, तिमी सराइ नै उज्यालो
लहरा, पहरा, बाँसपाखा मै मन
मेरो यो रमाइलो
डार्जिलिङ, तिमी सराइ नै रमाइलो
संसारमा जहाँ गए पनि भुलाउन
तिमीलाई गारो भो!