Elige una pista para reproducir
Sencillo / Pista
एका देशको कुरो
मेरो आफ्नै कहानी लै लै
हे जोखाना हेरे जस्तो
दूधको दूध पानीको पानी लै लै
सिमसिमे झरी, छाता हातैमा
त्यो खोला पारी, आधा रातैमा
खोला पारी, आधा रातैमा
त्यो खोला पारी, आधा रातैमा
सिरेटो चिसो हावाको,
मायाले भेट्न बोलाको,
सुनसान थियो चौतारी,
साथैमा के राम्री दौतरी,
बुकी फुलेझैं बनभरी,
माया फुले थियो मनभरी
सम्झीमा ल्याउदा सरमै लाउने
झ-झल्को आँखैमा आउने
हे बरै ! सलक्कै भयो मन, अंधेरी रातैमा
मायालुले समाउदा, दाहिने हातैमा
हे बरै ! सलक्कै भयो मन, अंधेरी रातैमा
मायालुले समाउदा, दाहिने हातैमा
मायाले समाउदा दाहिने हातैमा
घाइते बनाउने, कर्के नजर
के भन्नु र खै ! कुरै नगर
के भन्नु र ! कुरै नगर, नि हऊ !
के भन्नु र कुरै नगर
रुपैले बलेकी झपक्कै,
ओठैमा लाली लपक्कै,
कठ्यांग्रिने चिसो मौसममा,
खुल्दुली मच्च्यो यो मनैमा,
पिपलु पाते ओठईमा,
हेरेर आँखा जुधाए
नजिक थोरै, जादै थे
हे बरै ! भाले बास्यो बिहानै,
झसक्कै बिउझेछु !
तेस्पछी त के भो के भो सब्बै बिर्सेछु !
हे बरै ! भाले बास्यो बिहानै,
झसक्कै बिउझेछु !
तेस्पछी त के भो के भो सब्बै बिर्सेछु,
हे तेस्पछी त के भो के भो सब्बै बिर्सेछु !