Elige una pista para reproducir
बर्को उनको तलै झर्यो कि, झर्यो कि?
हावा पापी, गर्नु गर्यो कि?
आँखा लोभी उतै पर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?
लजाएर रिसाएझैँ मन्टो तल फेरिन्
नहेरेझैँ गरीगरी चोरीचोरी हेरिन्
पर्नु पीर, आँखा जुध्यो कि?
मनको कुरा सबै खुल्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?
आँखा तरी झस्किएर उनी उता लागिन्
मुटुभरि आँधी बोकी कुन्नि कता भागिन्
रिसाएर हिस्सी पर्यो कि?
मुहारमा गुराँस फुल्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?
पर-पर जाऊँ जति, पछि-पछि आउँछ
सपनीमा पनि उही अनुहार च्याउँछ
आसक्तिले मनै चोर्यो कि?
त्यो आँखाले टुना गर्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि, झर्यो कि?
हावा पापी, गर्नु गर्यो कि?
आँखा लोभी उतै पर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?