Elige una pista para reproducir
बगरमा मिठो जुनेली
मन बुझाउँछु तिमीलाई सम्झी
बजारका झिलमिल बत्तीहरु झाैं
टलपल गर्छन ताराहरु खोला किनारै
बरालिने बितासले बहलाउँछ मन
टाढा कतै चराहरु गुन गुनाउँदै छन्
तिम्रो सम्झनामा आज फेरी म
सारा कुरा भुलेर सोचिरहेछु
तिमी हुन्थ्याै त रातको जुनेलीमा
मन्द मन्द बतासको सुसेलिमा
गीत हुन्थ्यो तिम्रो मेरो पिरतिको
बाध्यता नै बहाना बन्यो
सम्झना नै साहरा बन्यो
मिलनको बाटोमा बाधाहरु छन्
बिछोडको सोचले अत्तलिन्छ मन
देउरालीको लालुपाते बेसी रानीवन
भेट हुने आसमा दिन गन्दैछन्
त्यही बेदनालाई अङगालिएर
तिमी आउने बाटो कुरी बसिरहे छु
तिमी हुन्थ्याै त यो शीतल बिहानिमा
पहिलो किरन जब पर्छ सिरानीमा
गीत हुन्थ्यो तिम्रो मेरो पिरतिको