टोलाउँदै होला कोही, बोलाउँदै होला कोही
डाँडापारिको गाँवैमा
आउँछ भनेर कत्ति सपना साँच्दै होली मेरो नावैमा
टोलाउँदै होला कोही, बोलाउँदै होला कोही
डाँडापारिको गाँवैमा
बाटो छेक्ने आँखाहरू भुल्नै गाह्रो भयो, माया
कत्ति कुरा भन्नु थियो, मनैभरि रह्यो, माया
बाटो छेक्ने आँखाहरू भुल्नै गाह्रो भयो, माया
कत्ति कुरा भन्नु थियो, मनैभरि रह्यो, माया
हेर्दै छ कि त्यही बाटो डाँडापारिको गाँवैमा
आउँछ भनेर कत्ति सपना साँच्दै होली मेरो नावैमा
प्रीति मैले रोपी आएँ उनको मनको आँगनीमा
कहिले फुल्ने, कहिले झर्ने भइरहन्छ जिन्दगीमा
प्रीति मैले रोपी आएँ उनको मनको आँगनीमा
कहिले फुल्ने, कहिले झर्ने भइरहन्छ जिन्दगीमा
मुटु मेरो छोडिएछ डाँडापारिको गाँवैमा
आउँछ भनेर कत्ति सपना साँच्दै होली मेरो नावैमा
टोलाउँदै होला कोही, बोलाउँदै होला कोही
डाँडापारिको गाँवैमा
ला-ला-ला, ला-ला-ला, ला-ला
ला-ला-ला, ला-ला-ला, ला-ला