माया गर्दै तिम्ले बिस्तारै
माया गर्दै तिम्ले बिस्तारै दुस्मनीको कैँची चलायौ
पुर्नेजस्तो उज्यालो मुहार आखिर यो औँसी बनायौ
माया गर्दै तिम्ले बिस्तारै
छाती सबै यो प्वालैप्वाल तिम्रो कठोरताको कीलाले

घाइते भई लडिसकेँ म तिम्ले पिठिउँमा रोपेको भालाले

हितैसी भई तिम्ले बिस्तारै दुस्मनीको कैँची चलायौ
पुर्नेजस्तो उज्यालो मुहार आखिर यो औँसी बनायौ
माया गर्दै तिम्ले बिस्तारै
आरोपका हुलहरु बटुली सोझो यो मनलाई कुटायौ

आफ्नै श्रृङ्गार हेर्ने ऐना कसको कुरा सुनी फुटायौ?

जीवनसखी भन्दै बिस्तारै
जीवनसखी भन्दै बिस्तारै दुस्मनीको कैँची चलायौ