Elige una pista para reproducir
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?
थाहै थिएन मेरो बोली मुटु बिझ्ने उनलाई काँडा भो
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?
"सबै माया तिम्रै" भन्थी रुँदै शिर झुकाएर, "सबै माया तिम्रै" भन्थी
हो, "सबै माया तिम्रै" भन्थी रुँदै शिर झुकाएर
कहिले रुन्थी बाँधिएर, आँसु लुकाएर
कहिले रुन्थी बाँधिएर, आँसु लुकाएर
बीचमै छेक्ने माया डाँडा भो, हेर्दाहेर्दै माया टाढा भो
यो जुनीमा मेरो लागि फूल पनि बिझ्ने काँडा भो
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?
नराखेरै मन दिएँ, निष्ठुरीले घात गर्यो, नराखेरै मन दिएँ
हो, नराखेरै मन दिएँ, निष्ठुरीले घात गर्यो
नढल्किँदै झुल्के घाम किन रात पार्यो?
नढल्किँदै झुल्के घाम किन रात पार्यो?
फूल दिएँ, फूलै काँडा भो, मन दिएँ, मनै टाढा भो
अन्तै माया बस्याछ रे, उनको माया उतै गाढा भो
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?
कुन बोलीले माया गाढा भो? कुन बोलीले माया टाढा भो?