Elige una pista para reproducir
ए हावा, उनीसम्म पुर्याइदे न मेरो खबर
गाह्रो छ है एक्लै जिउन, निको छैन हालखबर
ए हावा, घरगाउँसम्म पुर्याइदे न मेरो खबर
गाह्रो छ यहाँ विदेशमा, निको छैन हालखबर
निकै समय बित्न लाग्यो, छोरी पनि हिँड्न थाली
निकै समय बित्न लाग्यो, छोरी पनि हिँड्न थाली
तोते बोलीमा सधैँ एउटै कुरो सोध्छे
"मेरो बाबा कैले आउँछ खेलौना र मिठी लिएर?"
"मेरो बाबा कैले आउँछ खेलौना र मिठी लिएर?"
ए हावा, उनीसम्म पुर्याइदे न मेरो खबर
गाह्रो छ है एक्लै जिउन, निको छैन हालखबर
केही समय पर्ख अझै फेरि मिलन हुनलाई
केही समय पर्ख अझै फेरि मिलन हुनलाई
हाम्रो मायाको चिनो त्यो छोरीलाई
भन्देऊ बाबा चाँडै आउँछ उसकै लागि खुसी लिएर
हो, भन्देऊ बाबा चाँडै आउँछ उसकै लागि खुसी लिएर
ए हावा, घरगाउँसम्म पुर्याइदे न मेरो खबर
गाह्रो छ यहाँ विदेशमा, निको छैन हालखबर
ए हावा, उनीसम्म पुर्याइदे न मेरो खबर
गाह्रो छ है एक्लै जिउन, निको छैन हालखबर
हो, गाह्रो छ यहाँ विदेशमा, निको छैन हालखबर
हो, गाह्रो छ है एक्लै जिउन, निको छैन हालखबर