
सभ्य छौ तिमी, सम्मान गर्दछु
मौलिक छौ तिमी, इज्जत गर्दछु
हृदयमा सजाऊ, प्रिय, मलाई
शीतल छौ तिमी, संयम बन्दछु
कोमल छौ तिमी, भावुक बन्दछु
म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु
उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा
उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा
म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु
शालीन छौ तिमी, श्रद्धा गर्दछु
निश्चल छौ तिमी, पूजा गर्दछु
म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु
उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा
म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु