Выберите трек для воспроизведения
निर्मोहीले लाएको घाउ आफै भरिएछ
कता-कता सम्झनासिवाय सबथोक मेटिएछ
निर्मोहीले लाएको घाउ आफै भरिएछ
लाग्थ्यो जीवन विरहमै जली व्यर्थै जाने भो
लाग्थ्यो जीवन विरहमै जली व्यर्थै जाने भो
निष्ठुरीले दिएको चोटले सधैँ नै पोल्ने भो
निर्मोहीले लाएको घाउ आफै भरिएछ
समयले ओखतीको नभन्दै काम गरेछ
निर्मोहीले लाएको घाउ आफै भरिएछ
लाग्थ्यो अब फेरि कुनै सपना नसजिने भो
लाग्थ्यो अब फेरि कुनै सपना नसजिने भो
निष्ठुरीको नमिठो यादले सधैँ नै पिरोल्ने भो
निर्मोहीले लाएको घाउ आफै भरिएछ
कता-कता सम्झनासिवाय सबथोक मेटिएछ
निर्मोहीले लाएको घाउ आफै भरिएछ