यति धेरै माया दिई मनभरि दुख नदेऊ
यति धेरै माया दिई मनभरि दुख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ
यति धेरै माया दिई
जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार्छन्
जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार्छन्
केही तिता पल, केही मिठा पल सबै-सबै स्वीकार्छन्
यी हातहरु प्रशस्त छन्, भो, सान्त्वना मलाई नदेऊ
यति धेरै माया दिई
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा, भो, सहारा मलाई नदेऊ
यति धेरै माया दिई मनभरि दुख नदेऊ
यति धेरै माया दिई